Tuesday 1st of September | २०८३ भदौ १६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेप्से परिसूचक ४३ अङ्कले घट्यो

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १५ सोमबार | (रासस)
newsabhiyan

काठमाडौँ, १५ भदौः धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४३ दशमलव ८९ अङ्कले घटेर दुई हजार ५१३ दशमलव ४२ मा  पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव ६८  अङ्कले घटेर ४४४ दशमलव ४३ मा पुगेको छ ।

फ्लोट सूचक तीन दशमलव शून्य दुई अङ्कले घटेर १७२ दशमलव २४ मा पुगेको छ भने सेन्सेटिभ फ्लोट सूचक दुई दशमलव ४१ अङ्कले घटेर एक सय ४९ दशमलव ७७ मा पुगेको छ । 

आज विभिन्न कम्पनीका ९३ लाख २२ हजार १८५ कित्ता सेयर रु तीन अर्ब ६४ करोड ८६ लाख नौ हजार ८७८ मूल्यमा खरिद बिक्री भएको छ ।

आज १३ उपसमूहमध्ये एउटा उपसमूहको सेयर मूल्य बढेको छ भने १२ उपसमूहको मूल्य घटेको छ । आज २१ कम्पनीको सेयर मूल्य बढेको, २५३ कम्पनीको सेयर घटेको र चार कम्पनीको सेयर स्थिर रहेको छ । 
 
नेप्सेका अनुसार आज उपकार लघुवित्त, घोराही सिमेन्ट एनआइसी एसिया डिबेञ्चरका लगानीकर्ताले कमाएका छन् भने मैलुङ खोला जलविद्युत् कम्पनी, रसुवागढी हाइड्रोपावर एमबिएल इक्युटि फण्डका लगानीकर्ताले गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan