Tuesday 1st of September | २०८३ भदौ १६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १६ मंगलबार |
newsabhiyan

काठमाडौं, १६ भदौ  : नवलपरासी पश्चिजम, रामग्राम नगरपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ५८ ग्राम सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेश महाराजगंज सेखंली घर भएका ३३ वर्षीय गिरिजेस श्रीवास्तव र भारत निचलोन घर भएका २७ वर्षीय दिपक श्रीवास्तव रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले युपि ५६ एएच् ६१८९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

कास्की, माछापुच्छ्रे गाउँपालिका-८ लुम्रेबाट अवैध लागूऔषध गाँजा करिब २ किलो ४ सय ३० ग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-९ लाहाचोक बस्ने २६ वर्षीय प्रमोद हमाल र २९ वर्षीय लक्ष्मण जिसी रहेका छन् । अस्थायी प्रहरी पोष्ट भेडाबारीबाट खटिएको प्रहरीले ग.१३ प ८३२९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।  

धनकुटा, धनकुटा नगरपालिका-२ गुराँसेबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ८० ट्याब्लेट र डिकोलिक ४ सय ८० ट्याब्लेट सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-१६ बस्ने २१ वर्षीय पृथक लिम्बु, सोही उपमहानगरपालिका-१५ बस्ने २४ वर्षीय सुयोग लिम्बु र छथरजोरपाटी गाउँपालिका-४ बस्ने २२ वर्षीय कबिन लिम्बु रहेका रहेका छन् ।

उक्त स्थानमा खटिएको प्रहरीले प्र.१-०२-०४० प २८१८ नम्बरको मोटरसाइकलको मोटरसाइकलमा सवार पृथक र सुयोगलाई ट्रामाडोल ३ सय ७० ट्याब्लेट र डिकोलिक ३ सय ७० ट्याब्लेट तथा पैदलयात्री कबिनलाई ट्रामाडोल १ सय १० ट्याब्लेट र डिकोलिक १ सय १० ट्याब्लेट  सहित पक्राउ गरेको हो । 

सुनसरी, इटहरी उपमहानगरपालिका-२ डम्फु चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय १० ट्याब्लेट र डाइक्लोमाइन ६ सय १० ट्याब्लेट सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-४ बस्ने २१ वर्षीय सबिन मगर र सोही उपमहानगरपालिका-२ पशुपति चोक बस्ने धनकुटा सहिदभूमी गाउँपालिका-३ घर भएका २२ वर्षीय उज्वल राई रहेका छन् ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको प्रदेश ०१-०३-०४७ प ११०८ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । 

कञ्चनपुर, कञ्चनपुरका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ७० मिलिग्राम सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पुनर्बास

नगरपालिका-१० बिकाशबस्ती बस्ने ३२ वर्षीय होसियार राना, लालझाँडी गाउँपालिका-१ डाँडाबिछवा बस्ने ३० वर्षीय राजेश राना र सोही गाउँपालिका-१ बस्ने १८ वर्षीय किशोर रहेका छन् ।

प्रहरी चौकी परासनबाट खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्दा होसियारलाई अवैध लागूऔषध ब्राउनसुगर ९ सय ५० मिलिग्राम, राजेशलाई २ सय ८० मिलिग्राम र योगेशलाई १ ग्राम ८ सय ४० मिलिग्राम सहित पक्राउ गरेको हो । 

कैलाली, धनगढी उपमहानगरपालिका-२ बस्ने ३० वर्षीय ललित साउदलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९ सय १० मिलिग्राम सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  

झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय ३० मिलिग्राम सहित सुनसरी धरान उपमहानगरपालिका-१७ बस्ने २६ वर्षीया लक्ष्मी राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

चितवन, कालिका नगरपालिका-१ स्थित हरियाली टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ हजार ट्याब्लेट सहित सोही नगरपालिका-१ डाँडाटोल बस्ने २१ वर्षीय दिपसागर लोप्चनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय  चितवन समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  

बाँके, कोहलपुर नगरपालिका-४ गुवा गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने १९ वर्षीय राजीप थारूलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan