वैदेशिक रोजगारीमा इराक पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १६ मंगलबार |
काठमाडौं, १६ भदौ : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी इराक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका-४ बस्ने सिन्धुपाल्चोक बलेफी गाउँपालिका-५ घर भएकी ५५ वर्षीया सन्चमाया तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
सन्चमायाले इराक पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट १० लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई बुढानिलकण्ठ नगरपालिका-४ बाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
