Tuesday 1st of September | २०८३ भदौ १६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पृथ्वी राजमार्गको नौबिसे–मलेखु खण्डमा तीन ठाउँमा कटान

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १६ मंगलबार |

चितवन, १६ भदौः रसुवा बाढीले सडकको फेदमा कटान गरेपछि पृथ्वी राजमार्गको नौबिसे–मलेखु सडक खण्डमा तीन ठाउँमा सडक भाँसिएको छ ।

मुग्लिनबाट २३ किलोमिटर काठमाडौँतर्फ पर्ने कृष्णभीरमा त्यसबाट सबैभन्दा बढी क्षति पुगेको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका  सूचना अधिकारी इञ्जिनियर शचेन्द्र मिश्रका अनुसार कृष्णभीरमा झण्डै २०० मिटर सडक भासिएको छ । सडकको भित्तोको डाँडासमेत चिरिएको छ ।
 
मलेखुबाट तीन किलोमिटर मुग्लिनतर्फ पर्ने सीतल बजारमा पनि सडक ५० मिटर हाराहारी भासिएको छ । मलेखु पुलबाट एक किलोमिटर काठमाडौँतर्फ परेवाभीरमा पनि १०० मिटर सडकको छेउ भासिएको छ ।
 
यस खण्डका प्रमुख डिभिजनल इञ्जिनियर सजना अधिकारी अहिले त्रिशूली नदीले कृष्णभीर लगायतका ठाउँमा कटान जारी नै रहेको बताउनुहुन्छ । गेग्रानसहितको बाढीले कृष्णभीरमा नदी किनारमा लगाइएको रिटेनिङ वाल नै बगाएको छ ।

अहिले पानीको बहावले हानी रहेको छ । नदीको सतह घट्ने र बढ्ने भइरहेको भन्दै उहाँले सडकको फेदमा कटान गरिरहेको बताउनुभयो । चट्टान भएको ठाउँमा क्षति पुर्याउन नसकेकाता कमजोर ठाउँमा नदीले कटान गरिरहेको इञ्जिनियर अधिकारी बताउनुहुन्छ ।
 
यस वर्ष त्रिशूलीले धार परिवर्तन गरेर वल्लो छेउको  सडकको भित्तोमा केन्द्रित भएको छ । त्यसबाट सडक मुनिको भागमा क्षति पुगेको आयोजनाका इञ्जिनियर मिश्रले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ठूलो बाढीले धार परिवर्तन गरेर दुवैतर्फ क्षति बनाएको छ ।” कृष्णभीर तत्काल मर्मत सम्भार गर्ने अवस्था छैन । सितल बजारमा भित्तो काटेर सडक सञ्चालन गर्ने तयारी छ ।”

आयोजनाको पूर्वी खण्डका इञ्जिनियर राजिव मानन्धर परेवाभीरमा सडकको नदी पट्टीको भाग भासिएको बताउनुहुन्छ । १०० मिटर हाराहारी सडक भासिएर कालोपत्रेसम्म झरेको छ । त्यस ठाउँमा थप क्षति र जोखिम हुने भन्दै अत्यावश्यक बाहेकका सवारी रोकिएको छ । 

तलबाट काम गर्न सक्ने अवस्था नभएकाले भित्तो केही काटेर तल सम्याएर साँझसम्ममा सडक सञ्चालन गर्ने तयारी गरिएको छ । सो ठाउँमा भित्तोपट्टी रहेका बिजुलीका पोल सार्ने तयारी गरिएको छ ।
 
त्यस खण्डको दुई ठाउँ मर्मत गर्न सकिने भए पनि कृष्णभीर तत्काल सञ्चालन गर्न नसकिने भ पछि गोरखा तर्फबाट वैकल्पिक सडक सञ्चालनका लागि अध्ययन थालिएको छ ।

त्यता तर्फका सडक मध्ये उपयुक्त सडकलाई तत्काल मर्मत सम्भार गरी वैकल्पिक सडक बनाउन लागिएको हो । राजधानीको लाइफलाईनको रुपमा रहेको  त्यस सडक हुँदै दैनिक करिब १४ हजार हाराहारी सवारी सञ्चालन हुँदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan