Tuesday 1st of September | २०८३ भदौ १६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राष्ट्रियसभाः विपद्मा मानवीय कार्यमा जुट्न आग्रह

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १६ मंगलबार | (रासस)
newsabhiyan

काठमाडौँ, १६ भदौ : राष्ट्रियसभाको आजको बैठकमा विभिन्न राजनीतिक दलका सांसदहरूले रसुवाको भोटेकोशीमा आएको बाढीका विषयमा दलीय घेराभन्दा माथि उठेर मानवीय कार्यमा जुट्न आग्रह गर्नुभएको छ ।

बैठकमा दलीय आधारमा बोल्दै नेपाली कांग्रेसका कमला पन्तले यही भदौ १० गते भएको विपत्तिपछिको उद्धार प्रयासलाई अत्याधुनिक उपकरण र विशेष जनशक्ति परिचालन गर्न आग्रह गर्नुभयो ।

उद्धार र खोजका प्रयासबारे सरकारले संसद्मा आएर जवाफ दिनुपर्नेमा जोड दिँदै उहाँले यति ठुलो प्राकृतिक विपत्तिको सामनाका लागि राष्ट्रिय एकता र साझा पहल हुनुपर्ने बताउनुभयो । 

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद झक्कुप्रसाद सुवेदीले नेपालीले अहिलेसम्म नभोगेको विपत्ति भोगेकाले उद्धार र राहत वितरणमा राजनीतिक दल र घेराभन्दा माथि उठेर लाग्नुपर्ने बताउनुभयो ।

ठूला र धनी मुलुकले प्रमृतिमाथि गरेको दोहन र तापक्रम बढेका कारण यस्तो समस्या आएका विषयमा विश्व समुदायलाई बुझाउनुपर्नेमा जोड दिनुभयो ।  उहाँले घाइते र विस्थापितमध्ये पनि सुत्केरी र बालबालिकालाई बेग्लै ढङ्गले सुरक्षित स्थलमा राख्न सुझाव दिनुभयो ।

नेकपा (एमाले) का डा प्रेमप्रसाद दङ्गालले आफूहरू विपद्मा परेका परिवारको साथमा रहेको जनाउँदै बेपत्ताहरूको खोजीका लागि युद्धस्तरमा लाग्न आग्रह गर्नुभयो ।

उहाँले नदी तटमा अहिले पनि शवहरू यत्रतत्र छरिएर रहेको पाइएकाले तीनै तहका सरकारबीचको समन्वयन बढाएर काम गर्नुपर्ने बताउनुभयो । उहाँले जलवायु न्यायको पहल गरी पृथ्वी र मानव सभ्यताको रक्षार्थ लाग्नुपर्ने बताउनुभयो ।

जनता समाजवादी पार्टीका सांसद महन्थ ठाकुरले छिमेकीलगायत विश्वस्तरबाट सहयोग लिएर विपत्तिको सामना गर्न एकजुट हुनुपर्ने बताउँदै दिवङ्गतप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan