Tuesday 1st of September | २०८३ भदौ १६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १६ मंगलबार |

काठमाडौं, १६ भदौ :बारा, परवानीपुर गाउँपालिका-४ केडिया आँखा अस्पताल अगाडि सडकमा वीरगंजबाट हेटौंडातर्फ जाँदै गरेको म.प्र.०३-००१ ज ०९०१ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री भारत मोतीहारी बस्ने महम्मद गुफानको छोरा अन्दाजी ७ वर्षीय महम्मद ईशानको मंगलबार दिउँसो मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको बयोधा अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

सुनसरी, दुहबी नगरपालिका-८ स्थित अरिहन्त एग्रो ईन्डष्ट्रिज प्रालिको कम्पाउण्ड भित्र को.१ क ३०३४ नम्बरको क्रेनले किचेर उक्त फ्याक्ट्रीमा काम गर्ने सोही नगरपालिका-८ बस्ने ३६ वर्षीय महेश्वर मण्डलको मंगलबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट मेडिकल कलेज हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो । 

क्रेन चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan