Tuesday 1st of September | २०८३ भदौ १६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बाढीपीडितका लागि महागढीमाईद्वारा ४१ लाख सहयोग

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १६ मंगलबार |

पर्सा, १६ भदौः रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित भएकाहरूका लागि बाराको महागढीमाई नगरपालिकाले रु ४१ लाख ५१ हजार आर्थिक सहयोग गर्ने भएको छ ।   

    रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि महागढीमाई नगरपालिकाले रु ४१ लाख ५१ हजार सहयोग गर्ने निर्णय गरेको नगरप्रमुख उपेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाका ६० जना जनप्रतिनिधिले आफ्नो एक महिनाको सेवासुविधाबापत प्राप्त हुने रकम बाढीपीडितको राहतका लागि योगदान गर्नेछन् ।   

    नगरप्रमुख यादवले भन्नुभयो, “नगरपालिकामा कार्यरत निजामती कर्मचारीले नेपाल सरकारको निर्णयअनुसार आफ्नो तलबबाट सहयोग गर्नेछन्, त्यसमा नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट थप रु पाँच लाख उपलब्ध गराइनेछ । जनप्रतिनिधि तथा कर्मचारीको योगदान र विपद् व्यवस्थापन कोषको रकम गरी रु ४१ लाख ५१ हजार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan