Tuesday 1st of September | २०८३ भदौ १६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गैँडाकोटद्वारा बाढीपीडितलाई ३५ लाख सहयोग

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १६ मंगलबार | (रासस)

नवलपुर (नवलपरासी), १६ भदौः गत बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावितका लागि नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले रु ३५ लाख सहयोग प्रदान गर्ने भएको छ । भोटेकोशी बाढी तथा पहिरोका कारण भएको मानवीय, निजी तथा सार्वजनिक भौतिक संरचनामा पुगेको क्षति र जनजीवनमा परेको गम्भीर असरप्रति दुःख व्यक्त गर्दै गैँडाकोट नगरपालिकाले आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । 
    
    बाढी प्रभावित क्षेत्रका जनतालाई तत्काल राहत उपलब्ध गराउन तथा उद्धार, पुनःनिर्माण र पुनःस्थापनाको कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले स्थानीय जनप्रतिनिधि र नगरपालिकाका कर्मचारीको पारिश्रमिक एवम् राहत तथा उद्धार शीर्षकबाट गैँडाकोटले सहयोग गर्न लागेको हो । 

    नगरप्रमुख मदनभक्त अधिकारीकाअनुसार नगरपालिकाको जनप्रतिनिधिको सेवासुविधा रकमको १० दिन बराबरले हुन आउने रकम रु पाँच लाख ३९ हजार, नगरपालिकाका कर्मचारीको सात दिन बराबरको पारिश्रमिकले हुन आउने रकम रु २० लाख ७७ हजार तथा बाँकी नगरपालिकाको राहत तथा उद्धार शीर्षकबाट गरी रु ३५ लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको हो । राज्यमा परेको विपत्तिको समयमा आवश्यक साथ, सहयोग, समन्वय र सहकार्य गर्नु हामी सबैको दायित्व रहेको उहाँले बताउनुभयो । 

    अकल्पनीय रूपमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा पुग्न गएको जनधनको अपुरणीय क्षतिप्रति गैँडाकोट नगरपालिका स्तब्ध भएको नगरप्रमुख अधिकारीको भनाइ छ । अप्रत्यासित रूपमा आएको प्राकृतिक विपत्तिले थुप्रै नेपालीको जीवनमा परेको बज्रपातले नगरवासीलाई मर्माहत बनाएको उहाँले बताउनुभयो । बाढीमा परी सम्पर्कविहीन भएका नागरिकको शीघ्र खोजी, उद्धार तथा पुनःस्थापनाका लागि अपिल गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan