मृत अवस्थामा फेला
न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १६ मंगलबार |
काठमाडौं, १६ भदौ : सुर्खेत, बराहताल गाउँपालिका-४ कुटास्थित भेरी नदीमा हाल नाम, थर र वतन नखुलेको अन्दाजी ४० वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
अछाम, कमलबजार नगरपालिका-४ ताल्सा बस्ने ४५ वर्षीय हर्क बहादुर थापा सोही ठाउँस्थित खेतमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
