Tuesday 1st of September | २०८३ भदौ १६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भोटेकोशी बाढीपीडितलाई एके राठी र सारडा ग्रुपद्वारा एक करोड एक लाख सहयोग

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १५ सोमबार | (रासस)

विराटनगर, १५ भदौः रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावितको राहत, पुनःस्थापना तथा पुनःनिर्माणमा सहयोग पु¥याउने उद्देश्यले एके राठी ग्रुप र सारडा ग्रुपले संयुक्त रूपमा रु एक करोड एक लाख सहयोग गरेको छ । 

एके राठी ग्रुपका निर्देशक तथा मोरङ उद्योग व्यापार सङ्घका अध्यक्ष अनुपम राठी र सारडा ग्रुपका अध्यक्ष शिवरतन सारडाले आज अर्थ मन्त्रालयमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो । सो रकम प्रधानमन्त्री दैवी प्रकोष उद्धार कोषमा जम्मा गरिएको छ ।

चेक हस्तान्तरणका क्रममा दुवै औद्योगिक समूहका प्रतिनिधिले प्राकृतिक विपत्ति र राष्ट्रिय सङ्कटका समयमा निजी क्षेत्र सरकारको सहकार्यमा निरन्तर सक्रिय रहँदै आएको बताउनुभएको थियो । आगामी दिनमा विपद् व्यवस्थापन, राहत तथा पुनःनिर्माणकार्यमा सरकारसँग सहकार्य र सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता उहाँहरूले व्यक्त गर्नुभएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan