Tuesday 1st of September | २०८३ भदौ १६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १६ मंगलबार | (रासस)
newsabhiyan

गुल्मी, १६ भदौः अविरल वर्षासँगै आएको पहिरोले गुल्मीको कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध बनेका छन् ।

आज बिहान आएको पहिरोले कालीगण्डकी गाउँपालिका–२ स्थित राक्सेमा माथिबाट खसेको पहिरोका कारण उक्त करिडोर अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

त्यसैगरी गुल्मीदरबार गाउँपालिका–३ स्थित घुम्तीमा पनि आज बिहान माथिबाट खसेको पहिरोले उक्त सडकखण्ड अवरुद्ध बनेको छ । 

प्रहरी चौकी पुर्तीघाट र चारपालाबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा सडक खुलाउन टोली परिचालन भइसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब निरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan