Tuesday 1st of September | २०८३ भदौ १६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बाढीपीडितको राहतका लागि मेची क्राउन होटलद्वारा २६ लाख सहयोग

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १५ सोमबार |
newsabhiyan

काठमाडौं । हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले झापास्थित मेची क्राउन होटलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २६ लाख रुपैयाँ सहयोग गरेको छ।

होटलका अध्यक्ष बलराम साकोटाले पर्यटनमन्त्री खड्क प्रसाद पौडेल (गणेश) लाई भेटेर सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्। बाढी तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित परिवारलाई राहत पुर्‍याउने उद्देश्यले होटलले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोग गरेको जनाएको छ।

विपद्को कठिन परिस्थितिमा पीडित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै गरिएको यस सहयोगले प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनामा योगदान पुग्ने अपेक्षा गरिएको छ।

मेची क्राउन होटल पूर्वी नेपालका चर्चित होटलमध्ये एक हो। विशेषगरी भारतीय पर्यटकका लागि लोकप्रिय रहेको यो होटल विवाह तथा विशेष समारोहका लागि ‘वेडिङ डेस्टिनेसन’ का रूपमा समेत परिचित छ। आकर्षक पूर्वाधार, आतिथ्यता तथा समारोह आयोजना गर्न उपयुक्त वातावरणका कारण होटलले पूर्वी नेपालको पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan