Tuesday 1st of September | २०८३ भदौ १६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बाढी प्रभावित ११० स्थानमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १५ सोमबार |

काठमाडौँ, १५ भदौः नेपाल टेलिकमले बाढीबाट प्रभावित थप चार स्थान (साइट) मा सञ्चार सेवा पुनः सञ्चालनमा ल्याएको छ । टेलिकमले आज रसुवाका जिबजिबे र सरमथली, धादिङको बेनीघाट तथा नुवाकोटको त्रिशूली बजारस्थित साइट सेवा सञ्चालनमा ल्याएको हो ।

    यससँगै बाढीबाट प्रभावित भएका नेपाल टेलिकमका कुल १२० मध्ये ११० साइट सञ्चालनमा आएका छन् । जिबजिबे टावर सञ्चालनमा आएसँगै भोर्ले, चिती, गाइसौरा, भोर्लेलगायत नौकुण्ड गाउँपालिका-५ र ६ का विभिन्न स्थानका सेवाग्राहीले सञ्चार सेवा प्राप्त गरेका छन् । सरमथली टावरबाट यार्सा, लच्याङ, सिमबन्दी, बिजिली जोङलगायत आसपासका क्षेत्रका सेवाग्राही लाभान्वित हुने टेलिकमले जनाएको छ ।

    धादिङको बेनीघाट साइट सञ्चालनमा आएपछि बेनीघाट बजार तथा आसपासका क्षेत्रमा सञ्चार सेवा सहज हुनेछ । नुवाकोटको त्रिशूली साइट सञ्चालनमा आएसँगै त्रिशूली बजार, ढुङ्गे तथा आसपासका क्षेत्रमा सेवा पुनः सहज भएको छ । बाढीका कारण अवरुद्ध भएका बाँकी साइटहरू पनि क्रमशः सञ्चालनमा ल्याउने कार्य भइरहेको नेपाल टेलिकमले जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan