Tuesday 1st of September | २०८३ भदौ १६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बाढीबाट प्रभावित नेपाल टेलिकमका ११३ साइट पुनः सञ्चालनमा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १६ मंगलबार | (रासस)

काठमाडौँ, १६ भदौः नेपाल टेलिकमले भोटेकोशी बाढीबाट प्रभावित थप तीन वटा साइट पुनः सञ्चालनमा ल्याएको छ । आज धादिङको कल्लेरी र नुवाकोटको भद्रटार थप्रेक तथा पुसनटार साइट पुनः सञ्चालनमा आएका हुन् ।

    कल्लेरी साइटबाट आदमघाट, पिपलटार, सुनौलाबजार, घुमाउने डाँडा, कल्लेरी, बेल्टार आदि स्थानका सेवाग्राही लाभान्वित हुनेछन् । भद्रटार थप्रेक साइटबाट पञ्चकन्या, थप्रेक, महाकाली, समुन्द्रादेवी, रालुकादेवी तथा पुसनटार साइटबाट पिपलटार, देवीघाट, माझीगाउँ, सिरखाली, भुवानीवेशी आदि स्थानका सेवाग्राही लाभान्वित हुनेछन् ।

    योसँगै, बाढीबाट प्रभावित नेपाल टेलिकमका १२० मध्ये ११३ साइट सञ्चालनमा आएका छन् । यसबाट पहिले उपलब्ध सबै स्थानमा नेटवर्कको पहुँच पुगेको पनि नेपाल टेलिकमले जनाएको छ । नेपाल टेलिकमले प्रभावित क्षेत्रमा आंशिक क्षमतामा सञ्चालन भएका साइटलाई समेत क्रमिक रूपमा पूर्ण क्षमतामा सञ्चालन गरिरहेको जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan