Sunday 16th of August | २०८३ श्रावण ३१ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नारायणगढ–काठमाडौं सडकखण्ड पूर्णरुपमा बन्द, ६/७ घण्टा लाग्ने अनुमान

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण ३० शनिबार |

चितवन । पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५, सिमलधारामा सडक माथिबाट रूखसहितको सुख्खा पहिरो खसेपछि नारायणगढ–काठमाडौं आवतजावत पूर्णरुपमा बन्द भएको छ ।


आज पहिरो खस्दा सडकको दुवैतर्फको यातायात अवरुद्ध भएको हो । पहिरो पन्छाएर सडक सञ्चालन गर्न कम्तीमा ६/७ घण्टा समय लाग्ने अनुमान गरिएको छ ।
यात्रुको सुरक्षालाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्म नारायणगढबाट काठमाडौं जाने तथा काठमाडौंबाट नारायणगढ आउने सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको सम्बन्धित निकायले जनाएको छ ।


पहिरो पन्छाएर सडक खुलाउन सडक विभागसँग समेत समन्वय भइरहेको जनाइएको छ । सडक पूर्णरुपमा सञ्चालनमा नआएसम्म यात्रु तथा चालकलाई वैकल्पिक व्यवस्था गर्न आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan