Tuesday 1st of September | २०८३ भदौ १६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राष्ट्र शान्तिको सङ्कल्पले पशुपतिनाथ मन्दिरमा गरियो महारुद्राभिषेक

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १६ मंगलबार | (रासस)

काठमाडौँ, १६ भदौ : राष्ट्रमा दिगो शान्ति, समृद्धि तथा लोककल्याणको कामनासहित आज बिहान श्रीपशुपतिनाथ मन्दिरमा विशेष महारुद्रीसहितको क्षमापूजा गरिएको छ ।

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल (गनेश) ले मूल मन्दिर परिसरमा देशमा शान्तिको सङ्कल्पसहित महारुद्राभिषेक शुभारम्भ गर्नुभएको हो । 

रसुवा बाढीमा परी जीवन गुमाएका, हराइरहेका र घाइते भएकाको कल्याणको कामनाले महारुद्राभिषेक गरिएको हो । राष्ट्रमा आइपरेको विकराल प्राकृतिक विपत्तिको सामना गर्दै सम्पूर्ण नेपाली जनताको सुख, दिगो शान्ति, समृद्धि तथा सामाजिक सद्भाव कायम होस् भन्ने पवित्र सङ्कल्पका साथ आराध्यदेव भगवान् श्री पशुपतिनाथको पावन सान्निध्यमा महारुद्राभिषेक महायज्ञ गरिएको हो ।

पशुपतिनाथ मन्दिरमा १२१ जना ब्राह्मणद्वारा महारुद्री पूजा, हवन तथा शान्तिपाठसमेत गरियो । साथै, श्री गुह्येश्वरी मन्दिरमा नौ जना ब्राह्मणले चण्डी पाठ पारायणसहित क्षमापूजा तथा वैदिक विधि–विधानअनुसार शान्ति अनुष्ठान सम्पन्न गरिएको छ । यसैगरी माता गुह्येश्वरी, नवशक्तिपीठ, भैरव, ११ महारुद्र, आगम घरका भगवान् तथा पशुपति क्षेत्रका अन्य देवी–देवताहरूमा पनि विशेष क्षमापूजा गरिएको कोषले जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan