अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ
काठमाडौं, ८ भदौ : काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध गाँजा ८ किलो २ सय ३८ ग्राम सहित म्यान्मारका २ जना नागरिकहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा म्यान्मार यांगौन घर भएकी २७ वर्षीया AYE THIDA AUNG र २९ वर्षीया NAY THU REIN रहेका छन् । नेपाल एयरलाइनसको उडानद्वारा थाइल्याण्डबाट काठमाडौं आएका उनीहरूलाई लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गौचरबाट खटिएको प्रहरीले उक्त परिमाणको गाँजा सहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका-३२ जडिबुटी पाल्पाकोट बस्ने मकवानपुर घर भएका १९ वर्षीय राकेश मोक्तानलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ५० ट्याब्लेट र नगद ८ हजार ५ सय रूपैयाँ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले राकेशको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
कपिलवस्तु, कृष्णनगर नगरपालिका-२ पुरानो बसपार्कबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ करिब १० किलो ३ सय ६४ ग्राम र चरेस जस्तो देखिने पदार्थ करिब ५ किलो २ सय २५ ग्राम सहित दाङ राप्ती गाउँपालिका-३ मसुरिया बस्ने ३४ वर्षीया रतिमा रोका समेत ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० भवनपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ७० मिलिग्राम सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४१ वर्षीय अस्कर अली, बर्दिया बढैयाताल गाउँपालिका-४ बस्ने ३६ वर्षीय सदाम हुसेन र ३९ वर्षीया सैजा खातुन रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
पर्सा, छिपहरमाई गाउँपालिका-५ भिष्वाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ५ किलोग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारत बेतिया थाना मझौली बस्ने ५० वर्षीय दिनेश महतो र ५२ वर्षीय छोटेलाल महतो रहेका छन् । प्रहरी चौकी भिष्वा समेतबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको बिआर ०५ एस ५९५३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, कोशी गाउँपालिका-४ कोशी कटानबाट अवैध लागूऔषध गाँजा ११ किलो १ सय २० ग्राम सहित धनकुटा साँगुरीगढी गाउँपालिका-८ घर बताउने २८ वर्षीय चरन राईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी शिवचोक कटानबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
झापा, कचनकवल गाउँपालिका-१ बनियाभिट्टाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २० मिलिग्राम सहित ४ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कचनकवल गाउँपालिका-१ बस्ने २४ वर्षीय धिरेन केरूङ, सोही गाउँपालिका मिलडाँडा बस्ने २८ वर्षीय नानुङ लिम्बु, भद्रपुर नगरपालिका-४ बस्ने ३४ वर्षीय दिपेश माझी र २४ वर्षीया मिना राई रहेका छन् । प्रहरी चौकी घेराबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, बिर्तामोड नगरपालिका-६ स्यालडांगी बस्ने ३४ वर्षीय पदम चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ९० मिलिग्राम सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनी, अस्थायी प्रहरी चौकी बुट्टाबारी समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय राकेश बिष्टलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बिशालनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
