Tuesday 25th of August | २०८३ भदौ ९ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अवैध लागूऔषध सहित ६ जना पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ८ सोमबार |

काठमाडौं, ८ भदौ काठमाडौं, कीर्तिपुर नगरपालिका-३ डेरा गरी बस्ने कञ्चनपुर शुक्लाफाँटा नगरपालिका-११ घर भएका २३ वर्षीय बिरेन्द्र टमटालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ ग्राम ८ सय ३० मिलिग्राम सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

धनुषा, जनकपुरधाम उपमहानगरपालिका-१४ रजौलबाट नियन्त्रित लागूऔषध स्पास्मो प्रोक्सिभन १६ ट्याब्लेट सहित सोही ठाउँ बस्ने ३८ वर्षीय संजय मुखियालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

कैलाली, गोदावरी नगरपालिका-२ अत्तरीया पहाड रोडस्थित पुर्वेली म:म: कर्नर एण्ड लजबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ९० मिलिग्राम सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोदावरी नगरपालिका- १ बस्ने २७ वर्षीय देव साउद, सोही नगरपालिका-८ बस्ने २० वर्षीय अभिषेख चौधरी र कञ्चनपुर कृष्णपुर नगरपालिका-२ बस्ने २७ वर्षीय हेमराज पन्त रहेका छन् । 

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

झापा, अर्जुनधारा नगरपालिका-६ माहानन्द चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ७० मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने इलाम चुलाचुली नगरपालिका-१ घर भएका २१ वर्षीय सन्जोक लुइटेललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

साथै प्रहरीले उनले प्रयोग गरेको बा.३८ प २०२७ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan