Thursday 27th of August | २०८३ भदौ ११ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भोटेकोशी बाढीः खोटाङका नागरिकको अवस्था बुझ्दै जिल्ला प्रशासन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ११ बिहीबार | रासस

 

खोटाङ, ११ भदौः रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रमा रोजगारी, व्यापार तथा अन्य कामका सिलसिलामा पुगेका खोटाङका नागरिकको अवस्था बुझ्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

 

प्रशासनले बुधबार सूचना जारी गर्दै बाढी प्रभावित क्षेत्रमा रहेका खोटाङका नागरिक सुरक्षित भए÷नभएको तथा आफन्तसँग सम्पर्कमा रहे÷नरहेको जानकारी गराउन अनुरोध गरेको हो ।

 

बाढी प्रभावित क्षेत्रमा गएका नागरिकले तत्काल आफन्तसँग सम्पर्क गर्न र आफन्तले पनि उनीहरूको अवस्था बुझी नजिकको प्रहरी कार्यालय, स्थानीय तह वा जिल्ला प्रशासन कार्यालय खोटाङमा जानकारी गराउन आग्रह गरिएको छ ।

 

भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो क्षति भएपछि खोटाङका नागरिकको अवस्था पहिचान र उद्धारमा सहयोग पु¥याउन सूचना जारी गरिएको प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan