अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २८ जना पक्राउ
काठमाडौं, २७ साउन : काठमाडौं महानगरपालिका-२६ नयाँ बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय मिलिग्राम र नगद १७ हजार रूपैयाँ सहित सोही ठाउँ बस्ने नुवाकोट विदुर नगरपालिका-५ घर भएका २२ वर्षीय सुशिल नेपालीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, टोखा नगरपालिका-९ दिपज्योती पुल नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय ७० मिलिग्राम सहित काठमाडौं लोलाङ बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-३ घर भएका ३४ वर्षीय राजेन्द्र श्रेष्ठलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका-८ पशुपति पार्किङ नजिकबाट अवैध लागूऔषध गाँजा ३ सय ग्राम सहित सोही महानगरपालिका-७ चावहिल बस्ने कास्की घर भएका २२ वर्षीय सन्दिप परियारलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङ एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब १८ किलोग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारत लुधियाना पञ्जाव घर भएका २६ वर्षीय रवि कुमार र ३६ वर्षीय सञ्जीव कुमार रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गौचर समेतबाट खटिएको प्रहरीले क्याथे प्यासेफिक एयरको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनीहरूलाई उक्त वस्तु सहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका-२६ नयाँ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित काठमाडौं तार्केश्वर शेषमती बस्ने दोलखा बैतेश्वर गाउँपालिका-१ घर भएका २६ वर्षीय सुजन तामाङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोँगबुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, इटहरी उपमहानगरपालिका-१७ लबिपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम ७ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका-२ बस्ने २९ वर्षीया भावना गुरूङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-८ डेरा गरी बस्ने भारत घर भएका ३२ वर्षीय अवदेश सिंह समेत २ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम ५ सय ७० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ सय ७० मिलिग्राम सहित इटहरी उपमहानगरपालिका-१७ बस्ने १९ वर्षीय राम बाबु चौधरी समेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले को.१२ प ७९६४ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१९ हरियालीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ६० मिलिग्राम सहित सोही उपमहानगरपालिका-११ बस्ने ३३ वर्षीय अमृत लिम्बु समेत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, इनरूवा नगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८० मिलिग्राम सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका-१७ बस्ने २२ वर्षीय अभिषेक चौधरी, २४ वर्षीय समिर कुमर र मोरङ उर्लाबारी नगरपालिका-६ घर भएका ३१ वर्षीय सुरज कार्की रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपालिका-१६ दरैया चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय मिलिग्राम सहित सुनसरी धरान उपमहानगरपालिका-१४ बस्ने ३५ वर्षीय शंकर तामाङलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ३० ट्याब्लेट सहित सर्लाही गोडैता नगरपालिका-४ बस्ने २५ वर्षीय सत्रुधन यादवलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र-०३-००१ ख ३३०० नम्बरको ईभी गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
धनकुटा, शहिदभूमी गाउँपालिका-२ कामीटोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ५० ट्याब्लेट र स्पास्रेकष्ट १ सय ५० ट्याब्लेट सहित सोही ठाउँ ३१ वर्षीय रबिन्द्र राईलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, भद्रपुर नगरपालिका-५ राजन चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ३९ मिलिग्राम सहित सोही नगरपालिका-३ गोलेचोक बस्ने २४ वर्षीय अभिषेक तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, दमक नगरपालिका-२ बस्ने २९ वर्षीय सन्तोष थापालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम १ सय ७० मिलिग्राम, नगद १४ हजार ५ सय रूपैयाँ र डिजिटल तराजु १ थान सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ धुलियाबिटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित सोही नगरपालिका-११ बस्ने ४० वर्षीया चन्द्रकला बिटालु समेत ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-८ धनगढी गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका-८ बस्ने बर्दगोरिया गाउँपालिका-२ घर भएकी २० वर्षीया मनिषा चौधरीलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-७ जेपी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १२ ग्राम ७ सय १० मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने जोशीपुर गाउँपालिका-२ घर भएका २८ वर्षीय रामलाल डगौरा र सोही उपमहानगरपालिका-७ बस्ने २३ वर्षीय अनिल चौधरी रहेका छन् ।
जिल्ला प्रहरी कार्यलय कैलालीबाट खटिएको प्रहरीले रामलालको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको से. ३ प ६२३१ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका-१२ कालागौडीबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ १९ ग्राम ५ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने ५७ वर्षीय धन सिंह कुँवरलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले सोही ठाउँस्थित धन सिंहले संचालन गरेको पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
