Wednesday 26th of August | २०८३ भदौ १० बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १० बुधबार |
newsabhiyan

काठमाडौं, १० भदौ : काठमाडौं महानगरपालिका-१४ कलंकीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय ३० मिलिग्राम र नगद १८ हजार ५ सय ३० रूपैयाँ  सहित काठमाडौं बाफल बस्ने चितवन भरतपुर महानगरपालिका-१४ घर भएका २८ वर्षीय अञ्जन विकलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उनको कोठा तलासी गर्दा खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ४ सय ७० मिलिग्राम, गाँजा जस्तो देखिने पदार्थ ५३ ग्राम ४ सय ७० मिलिग्राम र तराजु १ थान फेला पारी प्रहरीले बरामद गरेको छ ।

यसैगरी काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङ एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ३ किलोग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत पञ्जाव घर भएका ३९ वर्षीय विक्रान्त वर्ता र प्युठान घर भएका २७ वर्षीय बम बहादुर घर्ती मगर रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले सिंगापुर एयरबाट काठमाडौं आगमन भएका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं महानगरपालिका-३१ कात्यानीचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय २० मिलिग्राम र नगद १० हजार रूपैयाँ सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने भोजपुर घर भएका २२ वर्षीय राजेन्द्र विष्ट र ललितपुर महालक्ष्मी नगरपालिका-६ घर भएका २२ वर्षीय दिपेश महर्जन रहेका छन् । प्रहरी वृत्त नयाँबानेश्वरबाट खटिएको प्रहरीले राजेन्द्रको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ सल्लाघारी बस्ने ३४ वर्षीय अर्जुन विकलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरेन्द्रनगर समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । 

पर्सा, वीरगंज महानगरपालिका-१५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८१ ग्राम ३७ मिलिग्राम सहित जगरनाथपुर गाउँपालिका-६ बहुअरी प्रसौनी बस्ने ३९ वर्षीय अजय प्रसाद यादवलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको ‍बा.१८ च ९००३ नम्बरको कार समेत बरामद गरेको छ । 

सुनसरी, इटहरी उपमहानगरपालिका-११ भुसकलुवाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ६ सय ८० ट्याब्लेट र डाइक्लोमाइन १ हजार ५ सय ७० ट्याब्लेट सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  

यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-१३ बाट अवैध लागूऔषध गाँजा १० किलो ३० ग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सुन्दरहरैंचा नगरपालिका-१२ बस्ने ५० वर्षीय बिजय चौधरी र धरान उपमहानगरपालिका-२० बस्ने २१ वर्षीया अञ्जली राई रहेका छन् । प्रहरी चौकी खनारबाट खटिएको प्रहरीले को.२ ह ४९७२ नम्बरको अटो तलासी गर्दा उक्त पदार्थ फेला पारी चालक बिजय र अटोमा सवार अञ्जलीलाई पक्राउ गरेको हो ।

यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१५ त्रिवेणी चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ५० ट्याब्लेट  सहित सोही उपमहानगरपालिका-५ देउराली बस्ने २२ वर्षीय सूर्य लावतीलाई गए राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी नयाँ बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-१० डुमटकाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८० ट्याब्लेट र डाइक्लोमाइन ४० ट्याब्लेट सहित सोही ठाउँ बस्ने २४ वर्षीय आशिष सरदालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

कञ्चनपुर, कृष्णपुर नगरपालिका-५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ३ सय ९० मिलिग्राम सहित सोही नगरपालिका-६ बसन्तपुर टोल बस्ने २७ वर्षीय मोहन देव जोशीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

रूपन्देही, बुटवल उपमहानगरपालिका-९ नयाँ बसपार्कबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब १० किलोग्राम सहित धादिङ गजुरी गाउँपालिका-९ कुबिन बस्ने ५० वर्षीय रण बहादुर तामाङलाई गए राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी बिट नयाँ बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कैलाली, गोदावरी नगरपालिका-३ चौकीडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय विशेश्वर प्रसाद भट्टराईलाई र सोही नगरपालिका-१२ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम सहित २८ वर्षीय टेक बहादुर धामीलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम २० ट्याब्लेट सहित सोही उपमहानगरपालिका-५ सानोपोखरा बस्ने ३६ वर्षीय सनोज कुमार बिष्टलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

दाङ, तुलसीपुर उपमहानगरपालिका-९ बेलुवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ७० मिलिग्राम र नगद ४ हजार ७ सय रूपैयाँ सहित सोही उपमहानगरपालिका-९ बस्ने २४ वर्षीय सन्दिप कठायतलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले बेलुवाबाट रानीजरूवातर्फ आउँदै गरेको प्रदेश-०२-००२ प ३८८३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

सिराहा, धनगढीमाई नगरपालिका-९ मुसहर्नियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ५४ किलोग्राम सहित औरही गाउँपालिका-४ कमलपुर बस्ने २८ वर्षीय बिक्रम यादवलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले नैनपुरबाट मुसहर्नियातर्फ आउँदै गरेको प्रदेश २-०१-००४ प ८३६४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan